भिटामिन डी कोरोना भाइरस संक्रमण विरुद्ध प्रभावकारी



वासिंगटन (एजेन्सी)

कोरोना भाइरसबाट संक्रमित रोगीहरुको मृत्युको आंकडा दिन प्रति दिन बढ्दो छ । यस घातक महामारीबाट विश्वभरी अहिलेसम्म मर्नेको संख्या १० लाख नजिक पुगेको छ । यसबीच अमेरिकामा भाएको ताजा शोधले जसको शरीरमा पर्याप्त मात्रामा भिटामिन डी छ, उसको यस महामारीबाट मृत्यु हुने सम्भावना ५२ प्रतिशत सम्म कम हुने देखाएको छ । भिटामिन डीको सबैभन्दा ठुलो श्रोत सुर्य हो त्यसले यो भिटामिनलाई सनसाइन भिटामिन पनि भन्ने गरिन्छ ।

वैज्ञानिकहरुका अनुसार भिटामिन डी हाम्रो शरीरमा इम्युन सिस्टमलाई बलियो पार्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । यसले शरीर सुन्निने पनि कम हुन्छ । यो विशेषताले यसलाई कोरोना भाइरस विरुद्ध लड्न एक महत्वपुर्ण खेलाडी बनाउँछ । जुन क्षेत्रमा पर्याप्त मात्रामा भिटामिन डी अर्थात सुर्यको किरण पुगेको छैन, यो भाइरसले ती इलाकाका बासिन्दामा सबैभन्दा बढी प्रभावित पारेको शोधकर्ताहरुले बताएका छन् ।

भिटामिन डी हुने क्षेत्रमा कम सक्रिय
हालै मात्र विश्व स्वास्थ्य संगठनले पनि यस भाइरसको सबैभन्दा कम असर अफ्रिका महाद्विपमा देखिएको जनाएको छ । त्यसको विपरित युरोप एसिया र अमेरिकी महाद्पि सबैभन्दा धेरै प्रभावित देखियो । अफ्रिकी नागरिकहरुको शरीरमा भिटामिन डीको मात्रा पर्याप्त उपलब्ध हुनुका कारण कोरोना भाइरसको धरै असर नपरेको उनीहरुले बताएका छन् ।

बोस्टन युनिभर्सिटीका डा माइकल होलिकले आफनो पुरानो शोधबाट शरीरमा भिटामिन डीको मात्रा धेरै हुनेहरुलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना अन्यको तुलनामा ५४ प्रतिशतले कम हुने गरेको पत्ता लगाएका छन् । संक्रमित भएकाहरुमा पनि मृत्य दर ५२ प्रतिशत कम हुन सक्ने उनले बताए ।
अमेरिकामा ४२ प्रतिशत आवादीमा भिटामिन डीको कमी रहेको एक रिपोर्टले देखाएको छ । त्यसै कारणले पनि अमेरिकामा कोरोना भाइरकाका कारण अहिलेसम्म २ लाख ८ हजार ६ सय ५२ को मृत्यु भइसकेको छ । ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार बेलायतमा २० प्रतिशत आवादीमा भिटामिन डीको कमी छ । त्यहाँ अहिलेसम्म ४१ हजार ९ सय ७१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
भिटामिन डी पर्याप्तताले जटिलतालाई कम पार्न सक्ने शोधले दिएको प्रत्यक्ष प्रमाण भएको डाक्टर होलिकले दावी गरेको छ । यसका आधारमा साइटोकिन स्ट्रम र कोरोना भाइरसबाट मृत्युको दरमा कम गर्न सकिने उनले बताए । यसका लागि डाक्टर होलिक र उनको टोलीले तेहरानमा कोरोना संक्रमित २ सय ३५ रोगीको रगत जाँच गरेका थिए । यसमा ६७ प्रतिशत रोगीमा भिटामिन डीको कमी पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्