डा. केसीको सत्याग्रहप्रति प्रतिबद्धता



काठमाडौं, (नेस)

डा. गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउन देशका विभिन्न ठाउँबाट आएको साझा पार्टीको विशेष टोली सत्याग्रह स्थलमा पुगेको छ ।

स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताका लागि माग राख्दै डा. केसीले पाँचौं सत्याग्रह थाल्नुभएको हो।

डा. केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमै नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन् । उहाँलाई तुरून्तै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

डा. केसीका जनमुखी माग र उहाँको स्वास्थ्य अवस्थाका बारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहेको साझा पार्टी टोलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्