महामारीलाई हलुका रुपमा लिनु ट्रम्पको आपराधिक कृत्य हो : बाइडेन



वासिंगटन (एजेन्सी) । 

राष्ट्रपाति पदका डेमोक्र्याटिक उम्मेदवार जोय बाइडेनले कोविड १९ उत्पन्न स्थिति सम्हाल्न विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निसाना बनाउँदै महामारीलाई हलुका रुपमा लिने उनको कार्य आपराधिक भएको र उनको प्रशासन पुर्णत गैर जिम्मेवारी भएको आरोप लगाएका छन् ।

आफनो गृहनगर स्क्रेनटन बाहिर मुसिकमा सीएनएनद्वारा आयोजित ड्राइव इन टाउन हल कार्यक्रममा उनले भने, तपाईलाई अमेरिकी जनताको स्तर बराबरमा झर्नु पर्ने छ । यसतो समय नआएका होइन कि उनले हस्तक्षेप नै गर्न सक्दैन । राष्ट्रपतिले पद छाड्नु पर्छ ।

ट्रम्पले वाइरसको गम्भिरताका बारेमा थाहा पाएर पनि उनले सार्वजनिक रुपमा यसलाई हल्का रुपमा प्रस्तुत गरेको स्विकार गरेका थिए । उनको उक्त टिप्पणीलाई लिएर बाइडेनले भने -‘ उनी यस विषयमा जानकार थिए तर केही गरेन । यो आपराधिक कृत्य जस्तै हो ।’

महामारी फैलिएपछि त्यसलाई नियन्त्रण पाउनलाई लिएर अमेरिकाको संघर्षलाई लिएर पनि बाइडेनले अमेरिकीहरुको मौलिक स्वतन्त्रताको कमी भएकोमा आलोचना गरे । पहिला नागरिकहरु बलगेममा जान सक्थे र वरपरका छिमेकीकोमा जान सक्ने उदाहरण दिँदै यस प्रकारको पुर्ण रुपमा गैर जिम्मेवार प्रशासन देख्नु पर्ला भन्ने आफुलाई कहिल्यै नलागेको उनले बताए ।

कोरोना भाइरस खोपका सम्बन्धमा अमेरिकी नागरिकले त्यसमा संलग्न वैज्ञानिकहरुलाई विश्वास गर्ने तर ट्रम्पलाई नगर्ने पनि बाइडेनले बताए ।

अमेरिकामा चुनाव नजिकिने क्रमसँगै ट्रम्प र बाइडेनबीच आरोप प्रत्यारोपको वाकयुद्ध पनि उत्कर्षमा पुगेको छ । ट्रम्पले चुनाव अघि नै कोरोना खोप आउने दावी गर्दै त्यसलाई आफ्नो उपलब्धीका रुपमा उपयोग गर्न चाहिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्