कोरोना उपचारका लागि रुसमा ‘कोरोनाविर’ को प्रयोग गर्न अनुमति



Small bottles labeled with “Vaccine” stickers stand near a medical syringe in front of displayed “Coronavirus COVID-19” words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration

मस्को (एजेन्सी) ।

रुसले आर फर्माको कोरोना औषधी कोरोनाविरलाई उपचारका लागि अनुमति दिएको छ । उक्त खोप कोविड १९ को लक्षण कम देखिएका र अस्पताल बाहिर उपचार भइरहेका विरामीमा प्रयोग गर्न सकिने बताइएको छ ।

उक्त एन्टिभाइरल ड्रग अर्को हप्ता औषधी पसलहरुमा आपुर्ति गर्न सकिने कम्पनीले घोषणा गरेको छ । कोरोनाविरलाई प्रस्क्रिप्सन ड्रगका रुपमा अनुमति दिइएको छ । यसअघि अर्को रुसी औषधी एविफाविरलाई पनि उपचारमा प्रयोग गर्न अनुमति दिइएको थियो । आर फर्माको यस घोषणाले रुस भाइरस विरुद्ध विश्वब्यापी भइरहेको होडमा अगाडी रहने अवसरलाई गुमाउन नचाहेको संकेत दिएको छ ।

दुबै औषधीहरु फेविपाइराविरमा आधारत छन् जसलाई जापानले विकसित गरेको हो । जापानमा यसलाई भाइरलको उपचारका लागि प्रयोग गरिन्छ । आर फर्माले उक्त औषधीको तेस्रो चरणको क्लिनिकल परिक्षणमा १ सय ६८ जनामा औषधीको परीक्षण गरिएको जानकारी दिएको छ । जुलाईमा यसको प्रयोग अस्पतालमा गर्न अनुमति दिइएको थियो ।

आर फर्माले औषधी पसलहरुसँग यसको अर्डरलाई लिएर वार्ता सुरु गरिसकेको छ । आगामी हप्ता यसको आपुर्ति हुनसक्ने कम्पनीले जनाएको छ । एविफेविर गत जुन देखि नै अस्पतालमा प्राप्त भइरहेको छ तर अहिले यसलाई फार्मेसीहरुलाई दिइएको छैन ।

यसबीच रुसको सेवरेन वेल्थ फन्ड(आरडीआईएफ)ले भारतमा कोरोना भाइरस खोप स्पुतनिक भीको क्लिनिकल परीक्षण तथा डिस्ट्रिब्युसनका लागि डा रेड्डिजस ल्याबसँग सम्झौता गरेको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार आरडीआईएफले भारतिय कम्पनीलाई खोपको १० करोड डोज आपुर्ति गर्नेछ । आरडीआईएफका सीईओ किरिल डिमित्रिवले स्पुतनिक भी खोप एडिनोवाइरल वेक्टर प्लेटफर्ममा आधारित भएको र यदि यसको परीक्षण सफल भए भने नोभेम्बर सम्ममा भारतमा उपलब्ध हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्