चीन र युएईले संयुक्त रुपमा निर्माण गरेको कोरोना खोप मानव परीक्षणमा सफल



अबुधाबी (एजेन्सी) ।

चीन र संयुक्त अरब इमिरेट्को संयुक्त प्रयासमा बिकसित भइरहेको कोरोना खोपले मानव परिक्षणमा सफलता हासिल गरेको छ । यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना खोपको मानव परिक्षण सफल गरेको र अब यसको स्वास्थ्यकर्मीमा आपतकालिन प्रयोगको अनुमति दिइसकेको जानकारी दिएको छ ।

यो खोप फ्रन्टलाइनमा कोरोनासँग लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि उपलब्ध हुने एक मन्त्रीले बताए । यो खोपको तेस्रो चरणको परीक्षण जुलाइदेखि अबुधाबीमा शुरु भएको थियो ।

यूएईको जी ४२ हेल्थकेयर र चीन्को औषधी कम्पनी सिनोफार्म सीएनबीजी मिलेर विकास गरेको खोपको परीक्षणका क्रममा सबै सहभागीको ४२ दिनसम्म गहन अध्ययन गरिएको थियो । यो खोपको अत्यन्तै सामान्य साइड इफेक्ट देखिएको र त्यो अपेक्षित भएको डाक्टर काबीले बताए । कुनै पनि ब्यक्तीमा कुनै गम्भिर साइड इफेक्ट नदेखिएको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यकर्ता सबैभन्दा धेरै कोरोना संक्रमित हुने खतरा रहेको मन्त्रीले बताए । यो खोपले उनीहरुको रक्षा गर्नेछ । यूएईका स्वास्थ्यमन्त्री अब्दुल रहमान बिन मोहम्मदले यो खोपलाई नियम र कानुनी आधारमा पुर्ण रुपमा स्विकृति दिइएको जानकारी दिए ।

उनले भने –’ पहिलो र दोस्रो चरणको परीक्षणमा खोप सुरक्षित र प्रभावकारी पाइयो । यो खोप सहीले सतिक रोग प्रतिरोधात्मक क्षमता उत्पन्न गरेको छ ।’

स्वास्थ्य कार्यकर्तामा यो खोपको प्रयोग स्विकृति विशेष उद्देस्य दिइएको र यस क्रममा खोप बनाउनेहरुसँग उनीहरु मिलेर काम गर्नेछ । यूएईमा तेस्रो चरणको परीक्षणमाथि अध्ययन गरिरहेका डाक्टर नबल अल काबीले खोपको विकास सही दिशामा गइरहेको र अहिलेसम्मको सबै जाँच सफल रहेको जानकारी दिए । ६ हप्ता पहिला यसको परीक्षण भएको र अहिलेसम्म १ सय २५ देशका ३१ हजार स्वयंसेवकले हिस्सा लिइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्