इरानमाथि हजार गुणा शक्तिशाली हमला हुनेछ : ट्रम्प



वासिंगटन,(एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इस्लामिक गणतन्त्र इरानले अमेरिका माथि आक्रमण गरेको खण्डमा एक हजार गुणा बढि शक्तिशाली परिमाणमा त्यसको जवाफ फर्काइने चेतावनी सोमवार दिएका छन् । इरानले अमेरिकासंग आफ्ना वरिष्ठ सैनिक जनरल कासेम सोलेमानीको हत्याको बदला लिने योजना बनाइरहेको भन्ने खवरको प्रत्युत्तरमा ट्रम्पले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

गत जनवरीमा इराकको वग्दाद विमानस्थलमा सोलेमानीको अमेरिकी ड्रोन आक्रमणमा ज्यान गएको थियो । त्यसको लगत्तै इरानले इराक स्थित अमेरिकी सैनिक अखडामा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

नाम उल्लेख नगरिएका सरकारी अधिकारीहरुलाई उदरित गर्दै एउटा अमेरिकी संचाार माध्यमले आगामी नोभेम्वरमा हुन गइरहेको अमेरिकी राष्ट्रपतिय निर्वाचन अगाडि नै इरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदुतको हत्या गर्ने योजना बनाइरहेको तथ्य बाहिर ल्याएको छ । इरानी क्रानित यता देखि नै अमेरिका र इरानबिचको सम्बन्ध तनावपूर्ण रहँद ैआएको छ ।

प्रतिक्रिया दिनुहोस्