बाटोमा चार हजार डलर र पर्स



लसएन्जल्स, (एजेन्सी)

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियमा साइकल चालकहरूको एक समूहले बाटोमा एउटा पर्स र चार हजार डलरभन्दा बढी रकम फेला पारेको छ।

फोर्ट ब्राग सिनियस अन बाइसाइक्लिङ ग्रुपका सदस्यले आइतबार बिहान करिब १० बजे साइकल चलाउँदै जाने क्रममा आफ्ना एक सदस्य सुसन लार्सनले सबैभन्दा पहिले भुइँमा एक सय डलरको एउटा नोट भेटाएको बताएका थिए।

त्यसलगत्तै सो समूहले वरपर छरिएका थुप्रै नोट फेला परेको थियो । तिनीहरूले एक सय नोटको ४ हजार डलर, अन्य केही साना परिमाणका नोट र नजिकै एकजना ड्राइभरको सवारी अनुमतिपत्र, बैंक कार्डहरू र अघिल्लो दिनका केही रसिदसहितको एउटा पर्स पनि फेला पारेका थिए।

सो समूहले खोजबिन गरी पर्सका मालिकको फेसबुक पत्ता लगाएर उनको म्युचअल पे्रmन्डमार्फत उनीसँग सम्पर्क गर्न सफल भएको छ। ती व्यक्तिले आफ्नो पैसा फिर्ता दिने अपरिचित व्यक्तिलाई धन्यवाद दिँदै सम्भवतः पेट्रोल भर्ने क्रममा ट्रकबाट सो पर्स सडकमा खसेको हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्