जन्मदिनको अव्यवहारिक उपहार वरदान सावित



लन्डन, (एजेन्सी) । 

सन्तान परिवारको चिराग हो , अझ कुल खानदानका र सुसंस्कृत सन्तानले परिवारको विरासतलाई हाक्न र प्रतिष्ठा थप्न के कति त्याग र बुद्धी लगाउँछन् भन्ने कुरा वेलायतको टाउन्टन निवासी म्याथ्यु रोब्सन नामक एक युवकले प्रमाणित गरिदएिका छन् । उनले एउटा घर किन्न आफ्ना पिताले आफ्नो जन्मदिनको उपलक्षमा उपहार स्वरुप दिने गरेका व्हिस्की बेच्ने भएका छन् ।

सन् १९९२ मा जन्मेका उनलाई उनका पिताले २८ बोेटल अब्बल दर्जाको रक्सी अर्थात सिंगल माल्ट दिन करिव ५ हजार पाउन्ड लगानी गरेको रहेछ । उनले संग्रह गरेर राखेका ति रक्सी बोटलको कूल मुल्य अहिले प्रचलित बजारमा ४० हजार पाउन्ड पर्दछ । २८ वर्षिय रोब्सन भन्छन् , ‘ शायद एउटा सानो फुच्चेलाई जन्मदिनमा रक्सी उपहार दिनु व्यवहारिक पक्कै थिएन होला तर मैले तिनलाई कहिल्यै खोल्न नपाउने कडा शर्तमा पाएको थिएँ । अहिले ति बोटल नै गुंडमा जम्मा पारिएका अण्डा सावित भए । ’

स्कटल्यान्डको मिल्नाथोर्ट निवासी उनका पिता पेटे भन्छन् , ‘ बच्चाको नाममा संग्रह गर्नका लागि पहिलोचोटि सन् १९७४ मा बनेको व्हिस्की किनिएको थियो । त्यसपछि त मलाई हरेक वर्ष जन्मदिनमा उनलाई यहि उपहार दिने विचार आयो । त्यो विचार अहिले भाग्यशाली सावित पनि भएको छ । शुरुमा मैले उनलाई अठार वर्ष नपुन्जेल सम्म मात्र रक्सी उपहार दिने सोचेको थिएं । तर त्यसलाई निरन्तरता दिनुको परिणाम पनि राम्रै भएको छ । ’

व्हिस्की ब्रोकर मार्क टिलर मार्फत ति बोटलको बिक्रि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्