विदेशमा अलपत्र ६० हजार नेपाली स्वदेशमा



काठमाडौं, (नेस)

कोरोना संक्रमणको जोखिम बढेपछि विभिन्न देशमा रहेका नेपालीहरु स्वदेश फर्कनेक्रम तीव्र भएको छ ।

गत चैत ११ गतेदेखि कोरोना संक्रमणको लक्षण देखापर्न थालेपछि सरकारले विदेशबाट आउने सबै विमान सेवालाई रोक लगाएपछि स्वदेश फर्कने क्रममा रहेका हजारौं नेपाली अलपत्र परेका थिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई चार्टड उडानबाट नेपाल ल्याउन थालेपछि अहिलेसम्म ६० हजार २ सय ७२ जना
नेपाली स्वदेश फर्कका छन्।

सरकारले अहिलेसम्म ३० मुलुकबाट ती नेपालीलाई विभिन्न विमान कम्पनीमार्फत नेपाल ल्याउन सफल भएको बताएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै यँएईबाट १६ हजार ९ सय ५० जना स्वदेश फर्किएका छन् भने इराकबाट ३९ जना, भारतबाट ८५ जना, सेन्ट्रल अफ्रिकाबाट ६८ जना, दक्षिण सुडानबाट २ सय ५० जना, स्वीट्जरल्यान्डबाट १० जना, फिलिपिन्सबाट २ सय १ जना, टर्कीबाट ४ सय ७ जना, चीनबाट २ सय ५० जना, बेलायतबाट २ सय २९ जना, इजरालयबाट १ सय २७ जना, अमेरिकाबाट ४ सय २३ जना, बहराइनबाट ९ सय ५० जना, पाकिस्तानबाट १ सय ११ जना, हङकङबाट २ सय २६ जना, सिंगापुरबाट २ सय ९७ जना स्वदेश फर्किएका छन् ।

त्यसैगरी साउदीअरेबियाबाट ९ हजार ५३ जना, श्रीलंकाबाट ५ जना, मलेसियाबाट ९ हजार ४ सय ४१ जान, माल्दिभ्सबाट ८ सय ४५ जना, बंगलादेशबाट ८ सय ६५ जना, दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना, थाइल्यान्डबाट ३ सय २६ जना, जापानबाट १ हजार ४ सय ९६ जना, कुवेतबाट ६ हजार ९ सय ६ जना, म्यानमारबाट २६ जना, कतारबाट ७ हजार ५ सय ३९ जना, ओमानबाट ८ सय ११ जना, अस्ट्रेलियाबाट १ हजार ९१ जना, अफगानिस्तानबाट ५० जना स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्