सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु



सुभेन्द्र दास, लहान ।

बिष्णुपुर गाउँपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षका गौरि यादव रहेको प्रहरिले जनाएको छ ।

आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई यादवलाई करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर घाइते भएका यादवलाई आरके मिडिसिटी धनगढिमा उपचारका लागि लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरिले जनाएको छ ।

उनी बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादि फोरमबाट वडा प्रत्यासि उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्