कर्णालीमा थपिए ६ संक्रमित



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयद्धारा विहिवार सार्वजनिक गरिएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा६ जना गरेर अहिले सम्मको संक्रमितको संख्या २ हजार ७ सय २५ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा थपिने संक्रमितहरू सुर्खेतको गुर्भाकोट नगरपालिका र सिम्ता गाँउपालिकाका ४ जना, सल्यान वनगाडकुपिण्डे नगरपालिकाका २ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको संख्या १० जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशभर डिस्चार्ज हुने २ हजार ३ सय ६४ जना रहेका छन । पछिल्लो २४ घण्टामाप्रदेश अस्पताल सुर्खेतवाट २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट २ जना र हिमा आइसोलेशन सेन्टर जुम्लावाट ६ जना रहेका छन । प्रदेशभर सक्रिय संक्रमित ३ सय ५५ जना रहेका छन । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्