सुतिरहेको अवस्थामा घर भत्किँदा एक युवाको मृत्यु



पाल्पा ।

सुतिरहेको अवस्थामा एक्कासी घर भत्किँदा पाल्पामा एक युवाको मृत्यु भएको छ । जिल्लाको वगनासकाली गाउपालिकाँमा घर भत्किएर पुरिँनेमा स्थानीय २२ वर्षीय मन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनु भयो।

सुतिरहेको अवस्थामा एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए। उनलाई पुरिएको अवस्थामा स्थानीयले उद्वार गरी उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याइएकोमा बिहिबार विहान साढे एक बजे कनौजेको मृत्यु भएको हाे।

घर भत्किएर २ वटा भैँसी समेत पुरिएको प्रहरीले जनाएको छ। लगातारको वर्षातले यसअघि नै घर चर्किएको थियो। गएराति परेको वर्षाले घर भत्किएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्