आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना



Black clouds hover around Kathmandu valley on Friday, January 27, 2017.Photo: /Nagarik/Republica

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै विहीवार राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्