सरिता चलाउने, सल्यान ।
सल्यानमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीे एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउँपालिका २ का १६ वर्षीय जनक खत्रीलाई हत्या गरेको आरोपमा शोही ठाउँका २९ वर्षीय देवराज जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार राती गाउँपालिकाको वडा न २ स्थित काभ्रा अठाले भन्ने स्थानमा आँखा र कानको नजिक कन्चटमा गम्भिर ढंगले प्रहरी गरी सडकको डिलबाट करिब १८ मिटर तल खसाई मारेको अभियोगमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीय ३९ वर्षीय टेक बहादुर बुढाथोकीले जाहेरी दिएपछि अभियुक्त जैसीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रक्राउ परेका जैसीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











प्रतिक्रिया