वीपी जयन्तीको अवसरमा तरुण दलद्वारा स्वास्थ्य सामग्री प्रदान


न्युज अफ नेपाल काठमाडौं ।
१०७ औं वीपी जयन्तीको अवसर पारेर नेपाल तरुण दलले काठमाडौं उपत्यकाको पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पाटन अस्पतालको हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड र वीर अस्पतालको नाक, कान, घाटी विभागमै पुगेर तरुण दलले १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड प्रदान गरेको हो ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले कोरोनाको महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्दै यो स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो।

कार्यक्रममा तरुण दल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेको छ ।

Skip This