शुल्क उठाउने शैक्षिक संस्थालाई कारवाही गर्न माग



बुटवल(नेस) ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समिति रुपन्देहीले शुल्क उठाउने र भर्ना प्रक्रिया अगाडि बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कारवाहीको गर्न माग गरेको छ ।

नेविसंघले भर्ना लगायतका अन्य बहानामा शुल्क उठाइसकेका शैक्षिक संस्थालाई उक्त रकम अभिभावकलाई फिर्ता गर्न समेत माग गरेको छ ।

तिलोत्तमा नगरपालिका, शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले शिक्षा मन्त्रालयको निर्देशिका अवज्ञा गर्ने शैक्षिक संस्थालाई तत्काल लाइसेन्स खारेजी गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको हो ।

वर्ग विभेद हुने गरी शैक्षिक गतिविधि मौलाएको कारण यसलाई तत्काल रोक्न सरोकारवालाको अविलम्ब बैठक बोलाई सो सम्बन्धमा उचित निर्णय गर्नुपर्ने नेविसंघ रुपन्देहीका निवर्तमान सभापति सन्तोष डिसीले बताउनु भयो ।

नेविसंघले उठाएका मागहरुको वेवास्था गरिए तिलोत्तमा शिक्षा शाखा र शिक्षा कार्यालय रुपन्देहीमा तालाबन्दी गरिने डिसीले चेतावनी दिएको छ ।

‘बारम्बार भर्ना लगायतका गतिविधि र शुल्क नउठाउन आग्रह गर्र्दा यस्तो विषम परिस्थितिमा पनि शैक्षिक संस्थाले अनलाइनकक्षा, भर्ना लगायतका बहानामा अभिभावलाई बारम्बार फोन गरेर शुल्क तिर्न बाध्य बनाएको हुँदा नेविसंघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्