आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ



पोखरा ।
पोखरामा रहेको हिमालय आँखा अस्पतालका लेखा प्रमुख यौन शोषणको आरोपमा पक्राउ परेका छन ।

लेखा शाखा प्रमुख बामदेव सुवेदीले अस्पतालकै महिला कर्मचारीलाई यौन शोषण गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको
हो ।

सुवेदी विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । हिमालयन आँखा अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि शोषण भएको भन्दै यस अघि अस्पताल प्रशासनमा उजुरी दिएकी थिइन ।

शुक्रबार उजुरी दिए पछि तत्काल अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन समेत गरेको थियो ।

अस्पतालमा उजुरी परेपछि शुक्रवार राती नै निलम्बन गरी मिलाउन समेत खोजीएको स्रोत बताए । भित्रभित्रै मिलाउने प्रयास भएको थियो स्रोतले भने ।

यस अघि कानुनी प्रकृया बिना नै मिलाउने प्रयास भैरहेको थियो । घटना बाहिर आएको एक हप्ता सम्मपनि पीडितले प्रहरीको उजुरी गरेकी थिइनन् । सुवेदीले महिला कर्मचारीमाथि वर्षौ देखि जागिर खोसिदिने डर धम्की देखाइ शोषण गर्दै आइरहेको स्रोतले बताए ।

जवरजस्ती करणी आरोपमा सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

‘हामी अहिले अनुसन्धानको प्रक्रियमा छौ । घटना केहो अनुसन्धान भइरहेको छ’ प्रवक्ता हमालले भन्नुभयो । मंगलबार प्रहरी कहाँ उनी सहित अर्की १ महिलाले सुवेदीविरुद्ध जाहेरी दिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्