महामन्त्री कोइरालालाई कोरोना संक्रमण पुष्टि


काठमाडौ(नेस) ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

महामन्त्री कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।

महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाह अनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ । साथै उहाँले आफूसंग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध गर्नुभएको छ ।