भैरवको न रह्यो दृष्टि, न रह्यो सृष्टि



कृष्णउदास खनाल, हेटौंडा ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को एक घर । टीनले छाएको छ। एउटा कोठा बन्द छ अर्को कोठामा चारजना छन् । करिब पाँच बर्ष अघिससम्म भैरव बिक्रम राणाले आँखा देख्नु हुन्थ्यो । एक्कासी दृष्टि गुमेपछि उहाँ दृष्टिबिहिन भए अनि मागेर खानु पर्ने बाध्यता आइलाग्यो । श्रीमती पनि थिए उहाँका एउटा होइन तीनवटा सबैले छाडे। जेठी श्रीमतीबाट एउटा छोरो जन्मिएको थियो नागरिकता बनाइदिएपछि उसले पनि भैरव बिक्रमलाइ हेर्न छाड्यो ।

अनि दुःखका दिन शुरु भयो भैरवका । हेटौंडाको घरघरमा मागेर हिड्नुपर्ने दिन आयो उहाँको । माग्दै गर्दा कान्छी पत्नीको रुपमा अहिले सुमिष्ता हुनुहुन्छ । सुमिष्ता बिकले भैरवसंग विवाह गरेको बताउनुभयो तर उहाँको उमेर विवाह गर्ने भएको छैन । भर्खर १६ मा लाग्नु भएको त छ तर विवाह दर्ता भएको छैन । माइतीबाट हेंला भएपछि आफूले पनि साहारा खोजेको र भैरव साहरा पाएकाले अब आफू जीवनभर भैरवको सेवा गरेर बस्ने बताउनुभयो । अहिले त मकवानपुर क्षेत्रमा पनि लकडाउन छ। माग्न पनि कोरोनाको डरले गर्दा गाहो छ अनि छाक टार्न नै समस्या भयो भैरव र सुमिष्तालाई ।

आफ्नो दर्दनाक पीडा नेपाल समाचारकर्मी यो पंत्तीकारलाई पोखे अनि यही पंक्तीकार कै पहलमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका केन्द्रीय सदस्य संतोष पौडेल,नेकपा हेटौडा नगर समितिका सदस्य बिशाल महत,नेकपा ५ नम्बर वडाका सदस्य नितेश लामिछाने, युवा संघ मनहरीका बुद्धरत्न स्यागतान,समीर तामांग,पोखराका ब्यवसायी सुदन बतौला लगायतले मंगलबार बिहान अस्थायी रुपमा राणा बस्दै गरेको घरमा पुगी केही राहत सामगी प्रदान गरेका छन् ।

राहत पाएपछि भैरव र सुष्मिताले भने बल्ल आफूहरुले अब पेटभरी खान पाउने भन्दै समन्वय गर्ने पत्रकार र सहयोगी मनहरुलाई धन्यवाद दिए । कार्यक्रममा वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष बिष्णु थिंग लगायतका समाजसेवी पनि थिए । पीडितको घाउमा मलमपट्टी लगाउनका लागि र वास्तविक पीडितको दुःखमा साथ दिनका लागि आफूहरु सदैव तयार रहेको अखिलका केन्द्रीय सदस्य पौडेलले बताउनुभयो । उहाँले भैरव बिक्रम राणालाइ स्थायी रुपमा ब्यवस्थापन गरिदिने प्रतिबद्धता समेत जनाएका छन् ।

पछिल्लो समय भने अन्तरजातीय विवाह गरेको भन्दै भैरवका आफन्तहरुले घरमा आउन नदिएको गुनासो गर्नुभयो । आफूले अंशमा पाएको १३ धुर जग्गा जेठी श्रीमतीको उपचारमा खर्च गरेपछि आफू रित्तो भएको उहाँले अनुभव सुनाउनुभयो । घरमा आमा,दाइहरु भएपनि अन्तरजातीयविवाह गरेका कारण घरमा आफूलाई पस्न नदिइएको र मागेर खान परेको पीडा पोख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्