सुशान्तसिंह मृत्यु प्रकरण : रियासँग ६ घण्टा गरेकाे सोधपुछ एनसीबीले आज बयान रेकर्ड गर्ने



काठमाडौं ।

नारकोटिक्स कन्ट्रोल ब्युरोले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा मादक पदार्थसँग जोडिएको अभिनेत्री तथा सुशान्तको प्रेमिका रिया चक्रवर्तीसँग करिब ६ घण्टा सोधपुछ गरेको छ ।

अभिनेत्री रिया आइतबार दिउँसो २ बजे प्रहरीको साथमा बल्लार्ड एस्टेट स्थित एनसीबीको कार्यलयमा पुगेकी थिइन् ।

करिब ६ घण्टाको सोधपुछपछि उनी बाहिर आएकी थिएन् । उक्त समयमा एनसीबीका उप महानिर्देशक अशोक जैनले बताए अनुसार रियाको बयान आज रेकर्ड गरिने छ ।

यस विषयमा एनसीबीले अर्जुन केशवानीको घरमा छापा मारेको छ ।

जसको नाम कैजान इब्राहिमसँग सोधपुछको क्रममा सार्वजनिक भएको थियो । एनसीबीले रियासा के के सोध्यो भन्ने बारेमा मिडियालाई जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्