इशाद्वारा फिल्मबाट निकालिएको खुलासा



बलिउड अभिनेत्री इशा कोप्पिकरले भाइ–भतिजावादका कारण आफूले फिल्म नपाएका बारे मुख खोलेकी छन्। भारतीय अनलाइन जागरणमा प्रकाशित समाचारका अनुसार इशाले भनेकी छिन्– ‘एक फिल्मको सुटिङको अन्तिम समयमा एक हिरोले भनेकै भरमा मलाई फिल्मबाट निकालियो, अहिले ती हिरो सुपरस्टार छन्। हिरोकै इशारामा मलाई अर्को एक फिल्मबाट पनि मनोमानी ढंगले निकालियो। अहिले उनी पनि नाम चलेका कलाकारमा गनिन्छन्।’
इशाले अगाडि भनेकी छन्– ‘जब म फिल्मको मुहूर्तको लागि गइरहेकी थिएँ, तब मलाई थाहा भयो कि मलाई फिल्मबाट निकालिसकिएको रहेछ। धेरैचोटि मलाई दिन लागिएको भूमिका कसैको आमाबुबाको फोन आएका कारण उनीहरूको छोरीले पाएका छन्। केही नायिका फिल्मका कलाकारको साथी या प्रेमिका भएका कारण मेरो भूमिका उनीहरूले पाएको अनुभव पनि मसँग छ। तर, म ती स्टारको नाम लिन चाहन्न, जो आज सुपरस्टार भइसके।’ इशाले फिल्मबाट निकालिए पनि आफूलाई यसबारे खबर र स्पष्टीकरणसमेत नदिइने गरेको बताएकी छिन्।
इशाले रामगोपाल बर्माको कम्पनि नामक फिल्ममा समावेस खल्लास बोलको गीतमा गरेको नृत्यका कारण बलिउडमा लोकप्रियता कमाएकी छन्। उनले डरना मन हे, मेने प्यार क्यु किया, क्या कुल हे हमलगायत फिल्ममा अभिनय गरेकी छिन् भने यसभन्दा पहिले केही तमिल, तेलुगु तथा कन्नड फिल्ममा समेत काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्