काभ्रे जिल्लामा प्रमुख जिल्ला अधिकारी पोखरेललाई टोलबासीले स्वागत गरे



भगवती तिमल्सिना, काभ्रे ।

काभ्रे जिल्लामा शुक्रवार देखि हाजिर हुनुभएका जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेललाई स्थानीय टोलसुधार समितिले कोरोना संक्रमणको नियम पालना गर्दै आईतबार पुष्पगुच्छा प्रदान गरि स्वागत गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेललाई स्थानीय इमाथेमार्ग टोल सुधार समितिका तर्फबाट सिमित व्यक्तिहरुको उपस्थितिमा उहाँकै कार्यकक्षमा पुगी स्वागत गरिएको थियो ।

उक्त कार्यक्रममा टोलसुधार समितिका अध्यक्ष अजव श्रेष्ठ, बुद्धिजीजि पशुराम थापाले जिल्ला प्रशासन कार्यालय रहेको इमाथे टोलको सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वका साथ विकास निमार्णका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिलाका स्थानिय तह भनेका सामान्य कामकाज गर्ने मात्र थिए भने अहिलेको स्थानिय सरकार भनेको कानून बमोजिम स्थापित सक्षम सरकार हो । स्थानीय सरकार सक्षम भैसकेपछि जनताका समस्या, विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सम्पूर्ण क्षेत्रमा चासो र सरोकार राख्नुपर्छ । हामी पनि जिल्लामा नागरिकहरुको सेवा गर्नै आएको हुनाले हामी सधै तत्पर रहनेछौ । स्थानिय वासिन्दालाई लागेका कुरा हामी समक्ष स्पष्ट राख्न सक्नुहुन्छ भन्नुभयो ।

हाम्रा अफिसियली काम विशेष अवस्थामा गम्भीर हुन्छ । कोभिड १९ कै बिषयमा धेरै मान्छे संक्रमित हुँदै आएभने लकडाउन गर्नुपर्ने अथवा अर्को बाटो अपनाउनुपर्ने पनि हुन सक्छ । यस्ता बिषयमा सरकारको निर्णय आम नागरिकको सुरक्षाका लागि हुन्छ ।

विशेष अवस्थामा समुदायले अप्ठ्यारो मान्ने नभै एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्छ । हरेक काममा समन्वय र सहकार्यका आधारमा अघि बढ्ने बताउनुभयो । प्रजिअ पोखरेल काभ्रे जिल्लामा धुलिखेल नगरपालिका हुँदै जिल्लाका विभिन्न निकायमा रही काम गर्दै आउँनुभएका अनुभवी व्यक्ति हुनुहुन्छ ।

स्वागत कार्यक्रममा स्थानिय टोलबासीहरु गोपाल श्रेष्ठ, राजकुमार कार्की, सुभ श्रेष्ठ लगायतले प्रजिआ पोखरेललाई पुष्पगुच्छा दिएर स्वागत गरेका थिए ।

यस अघिका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना २०७६ अशोजमा काभ्रे जिल्लामा हाजिर हुनुभै २०७७ भदौ १७ गते यहाँबाट बिदा हुनुभैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्