कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनः ३ वर्षमा ३ करोड ४४ लाख स्वाहा !



मनोज भट्ट, महेन्द्रनगर ।

कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा स्थानीय तहरुलेले बजेट मात्रै सिध्याउने र उपलब्धि सहितको निकास नदिने गरेको पाइएको छ । देशमा संघीयता आए पछि अर्थात स्थानीय निकाय स्थापित भएपछि कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा तीन करोड ४४ लाख खर्च भएको पाइएको छ ।

हरेक आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि बजेट निकासा गर्ने तर समस्यालाई स्थानीय निकायहरुले निराकरण गर्न नसकेको तितो यथार्त छ । महेन्द्रराज मार्ग अन्र्तगत पर्ने स्थानीय निकाय र राजमार्ग संग सीमाना नै नजोडिएका स्थानीय तहले समेत चौपाया व्यवस्थापनका नाममा लाखौं रुपैया खर्च गरेका छन् ।

छाडा चौपाया व्यवस्थापनका लागि शुक्लाँफाँटा नगरपालिकाले सबै भन्दै बढी बजेट खर्च गरेको छ, भने दक्षीणी क्षेत्रमा अन्तर्गत पर्ने पुनर्वास नगरपालिकाले जिल्लामै सबै भन्दा कम बजेट खर्च गरेको पाइन्छ ।
जिल्लाकै सबैभन्दा ठुलो स्थानीय निकाय भीमदत्त नगरपालिकाले हालसम्म छाडा चौपाया व्यवस्थापनका नाममा झण्डै ७५ लाख रुपैँया खर्च गरेको छ । बेदकोट नगरपालिकाले ६० लाख भन्दा भढी खर्च गरेको छ । शुक्लाफाँटा नगरपालिकाले १ करोड १ लाख रुपैँया (आ.व.२०७७÷७८ सहित) खर्च गरेको छ ।

भीमदत्तमा ७५ लाख, बेदकोटमा ६० लाख भन्दा बढी, शुक्लाफाँटामा १ करोड १ लाख, महाकालीमा ७७ लाख, बेलौरी र बेलडाँडीमा १०÷१० लाख, कृष्णपुरमा ८ लाख, लालझाँडीमा २ लाख र पुनर्वासमा १ लाख छाडा चौपायाका नाममा खर्च !

त्यस्तै महाकाली नगरपालिकाले चालु आर्थिक वर्षको सहित ७७ लाख खर्च गरेको छ । भने बेलौरी नगरापालिका र बेलडाँडी गाउँपालिकाले १०÷१० लाख छाडा चौपाया व्यवस्थापनमा खर्च गरेको पाइएको हो । कृष्णपुर नगरपालिकाले झण्डै ८ लाख, लालझाँडी २ लाख र पुनर्वासले १ लाख मात्रै खर्च गरेको जनाएको छ ।
भीमदत्त नगरपालिका

कञ्चनपुर जिल्ला भित्र बसोबास गर्ने स्थानियहरुले घरमा पालेका चौपायाहरु गैर जिम्मेवार ढंगले गाउँ बस्तीमा छोड्दा स्थानिय निकायलाइ छाडा चौपाया व्यावस्थापन गर्ने हम्मे–हम्मे परीरहेको बेला छाडा चौपायाको समस्या दिन, प्रतिदिन विकराल बन्दै गईरहेको छ ।

छाडा चौपायाको व्यवस्थापनको नाममा भीमदत्त नगरपालिकाले अहिलेसम्म एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको भएपनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ७४ लाख रकम निकासा गरिएको हो ।

भीमदत्तमा रहेका छाडा चौपाया व्यवस्थापनका लागि भीनपा–९ ब्रह्मदेवमा एक गौसाला निमार्ण गरिएको छ । आ.व.२०७५÷०७६ मा भीादत्त नगरपालिकाले २८ लाखको लागतमा उक्त गौसाला निमार्ण गरेको हो ।
त्यसैगरी भीमदत्तले छाडा चौपाया व्यवस्थापनकै लागि बागफाँटामा समेत ४६ लाखको लागतमा सोही आर्थिक वर्षमा गौसाला निमार्ण गरिएको प्रसासकिय अधिकृत हरि सिंह धामीले बताए ।

‘हामीले भिमदत्त नगरपालीकाको सीमा भित्र छोडेका चौपायाको पुर्ण रुपमा व्यावस्थापन गरीसके लगतै स्थानिय वासीले फेरी चौपाया छोड्न थाले ।’ उनले भने–‘हामी हरुले यो समस्यालाई पनि मध्यनजर गर्दै १९ वडामा अवस्थीत स्थानियहरुको घर–घर मा पुगेर लगत संकलन गर्ने प्रतेक स्थानियको घरमा रहेका गाईको कानमा ट्याग लगाउने अभियान पनी चलाएको थियौं ।’

भिमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र बिष्टका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा छाडा चौपायाका लागी रकम नछुट्याइएको हो । ‘आ.व. २०७७÷०७८ मा १० लाख मात्र बजेट छुट्याएका छौ । अहिले कोरोेनाले गर्दा मानिसको स्वास्थ्यको ख्याल गर्नु पर्ने मुख्य एजेन्डा बनेको समयमा छाडा चौपायाको लागी कसरी बजेट छुट्याउने ?’ नगर प्रमुख बिष्टले भने ।

बेदकोट नगरपालिका
कञ्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्गको हाइवेमा पर्ने बेदकोट नगरपालिकाले छाडा चौपाया व्यावस्थापनका लागि बेदकोट नगरपालीकाले सरकार स्थानिय तहमा गए लगतै नगर भित्रका गैर जिम्मेवार ढंगले छोडीएका छाडा चौपायाको व्यावस्थापनमा लागी ६० लाख भन्दा बढी रकम खर्च भईसकेको बताईएको छ ।
बेदकोट नगरपालिकाले छाडा चौपाया व्यावस्थापनको लागि आ.व. २०७४÷०७५को मा छाडा चौपायका व्यापस्थापनको लागी २६ लाख रकम निकासा गरेको थियो ।

‘जस मध्ये पहिलो चरणमा ७० मिटर लामो पक्की गौसाला, चौकीदार बस्ने पक्की भवन, तिन पानी पोखरी ,गौसाला वरीपरी तारबार, गरेको थियो हात्तीले बनाएको गौसाला भत्काई दियो ।’ बेदकोट नगरपालीकाका नगर प्रमुख असोक चन्दले भने– ‘०७५/०७६ मा हामीले छाडा चौपायाको लागी रकम निकासा नगरेको ०७६/०७७ मा २० लाख रकम निकासा गरीयो ।

हात्ती थलामा बनाएको संरचना हात्तीले भत्काए पछी, हाल सिद्ध सरोवर धार्मीक बन समितिलाई जिम्मा लगाएका छौं ।’ हाल सिद्ध सरोबर वनमा ५ जना चौकीदारलाई मासिक ८ हजार तलबमा राखिएको नगर प्रमुख चन्दले बताए ।

बेलडाँडी गाउँपालीका
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा छाडा चौपाया व्यवस्थापनका लागि आर्थीक वर्ष. २०७५÷०७६ मा १० लाख खर्च भएको छ । किसान मध्यवर्ती सामुदायिक वनमा छाडा चौपाया व्यवस्थापनका लागि गाउँपालिकाले एउटा ‘कान्जी’ हाउस निमार्ण गरेको हो । सुरुवाती चरणमा गाउँपालिकाले ४ सय ५० ओटा चौपाया व्यवस्थापन गरेको भए पनि, हाल व्यवस्थित चौपायाको संख्या शुन्य रहेको छ ।

गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि चौकिदार राखेर सुरुवात गरेको भएपनि त्यो अवस्था हाल रहेन् । अर्थात हात शून्य चौपाया व्यवस्थीत रहेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेस दत्त भट्टले बताए । सुरुमा चौपाया व्यवस्थापनकालागि बेलडाँडी गाउँपालिकाले पहल चाले पनि हाल भने व्यवस्थापनको सुर–सार नै छैन् ।

स्थानीय रुप सिंह धामीका अनुसार बजेट पचाउनका लागि गाउँपालिकाले काम गरे जस्तो गरेको तर अहिले बजेट सिध्याएपछि समस्या ज्युँका त्यु रहेको बताए ।

कृष्णपुर नगरपालिका
कञ्चनपुको महेन्द्रराजमार्ग अन्तर्गत पर्ने कृष्णपुर नगरपालिकामा छाडा चौपाया व्यावस्थापन लागी आ.व २०७५÷०७६मा ५ लाख र २०७६÷०७७ मा २ लाख ७७ हजार रकम खर्च भएको हो । वनदेवि मन्दिर कृष्णपुरमा छाडा चौपायाको व्यावस्थापनको लागि गाउपालिकाले ५ लाखको बराबरको तारबार गरेको थियो ।

सुरुवाती चरणमा १ सय पचास देखी २ सय संख्याको हाराहारीमा गाई रहेता पनि हाल व्यावस्थीत चौपायाको संख्या ३०, देखि चालिस मात्रै रहेको छ । नगरपालिकाले चौपाया व्यावस्थापनको लागि १ जना चौकीदार दैनिक ५ सय ज्यालादारीमा रहेको कृष्णपुर नगरपालिकाका सुचना अधिकारी पे्रम बोगटीले बताए ।

सुरुमा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले पहल चालेपनि अहिले व्यावस्थापन भने न्युन रहेको पाईएको छ । स्थानियका अनुसार कृष्णपुर नगरपालिकाका कर्मचारीले चौपायाका नाममा लाखौको रकमा अनियमितता गरेको आरोप लगाएका छन् ।

शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटा नगरपालिकामा छाडा चौपाया व्यावस्थापनको लागि आर्थीक वर्ष ०७५÷०७६मा ४६ लाख खर्च भएको छ । त्यस्तै ०७६÷०७७ मा ६० लाख नगरपालिको प्रदेश सरकारको १५ लाख रकम हाल सम्म छाडा चौपाया व्यावस्थापनमा लगानी गरेको पाईएको हो ।

बैजनाथ सामुदायिक बनमा शुक्लाफाँटा नगरपालिकाले ‘कान्जी’ हाउस निर्माण गरेको थियो । गाई हरुलाई पानी पिउनको लागी सोलारबाट सिस्टमबाट चल्ने बोरीङ्घ, र गाई व्यावस्थापनमा ३० वटा चौकीदार रहेका थिए ।

सुरुवाती चरणमा नगरपालिकाले १३ सय गाई व्यावस्थापन गरेको भएतपनि हाल भने शुक्लाफाँटा नगरपालिकामा २ सय ७५ गाई मात्र व्यावस्थीत रहेको स्थानियले बताए । आ.व २०७७÷०७८ छाडा चौपाया व्यापस्थापनमा लागी ४० लाख रकम विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत बिसन सिंह थाले बताए ।

बेलौरी नगरपालिका
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाले छाडा चौपाया व्यावस्थापनका लागि आर्थीक बर्ष २०७६÷०७७ मा १० लाख खर्च भएको जनाएको छ ।

बेलौरीको को वडा न ९ अन्डयामा छाडा चौपाया व्यावस्थापनको लागी नगरपालिकाले गत आर्थीक वर्षमा एउटा ‘कान्जी’ हाउस निर्माण कार्य थालनी गरेको थियो । बेलौरी नगरपालिकाका प्रशासकिय प्रमुख रामदत्त भट्टले बताए ।

‘हामीले गएको आर्थीक वर्षमा चौपाया व्यावस्थापनको लागि एउटा ‘कान्जी’ हाउस निर्माण कार्य थालेका थियौं । सो कार्य हाल–सालै मात्र सम्मपन्न भयो । अब हामी चौपाया व्यावस्थापनको दोसो्र चरणमा छौ ।’ अधिकृत भट्टले भने ।

पुनर्वास नगरपालिका
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले छाडा चौपाया व्यावस्थापनको लागी आर्थीक बर्ष ०७४÷०७५ मा १ लाख खर्च भएको जनाएको छ ।

पुनर्वासको वडा न १०, ११, र बाइसे विचुवामा अवस्थीत अमर गोकुल सामुदाईक बनमा ‘कान्जी’ हाउस निर्माण गरीएको पनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पान्डेले बताए ।
नगरपलिका भित्र छाडा चौपायाको धेरै ठुलो समस्या नरहेको अधिकृत पाण्डेयको भनाइ छ । हाल उक्त ‘कान्जी’ हाउसमा ३० देखि ४० को संख्यामा मात्र गाई रहेको उनले बताए ।

लालझाँडी गाउँपालिका
लालझाँडी गाउपालिकाले छाडा चौपाया व्यावस्थापनका लागि आर्थीक वर्ष २०७६÷०७७ मा २ लाख रकम खर्च भएको जनाएको छ । लालझाडी गाउपालिका वडा न २ कन्ज साममुदायिक बनको तारबारको लागी उक्त रकम खर्च भएको लालझाँडी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले बताए ।
‘हामीले जंगलको सुरक्षाको लागी तारबार लगाएको हो । छाडा चौपायाहरुले जंगल चरानी गर्ने थाले जंगल भित्र रहेका स–साना बोट विरुवा नास गर्ने थाले, त्यसैले हामीले सामुदायिक वनमा तारबार गरेका हौं ।’ अधिकृत बुढाले भने । लालझाँडी गाउपालिकामा छाडा चौपायाको ठुलो सम्सया नरहेको उनको दाबी छ ।

महाकाली नगरपालिका
कञ्चनपुरको महाकाली नगरपालिका छाडा चौपायाका व्यावस्थापनको लागी आर्थीक बर्ष २०७५÷०७६ मा ३७ लाख रकम निकासा गरेको जनाएको छ ।
नगरमा स्थानियले रोडमा ल्याएर छोडेका छाडा चौपाया व्यावस्थापनको लागी उक्त रकम निकासा गरेको प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र ले बताए ।

मिश्रका अनुसार चौपाया व्यावस्थापनका ‘कान्जी हाउस निर्माण तथा पालन पोषणमा ११ लाख २८ हजार लगानि भएको हो । त्यस्तै पशु स्वास्थ्य उपचारमा दुई लाख ५० हजार, पालिका भित्र रहेका चौपायाको ट्याग तथा लागत संकलनमा ३ लाख ४९ हजार, ४ सय ६३ गाई महाकाली नगरपालिकाबाट जुम्ला लगिएको र उक्त व्यक्तिलाई ५ लाख १७ हजार रकम बुझाएको हो ।

आ.व २०७६÷०७७ मा छाडा चौपाया व्यावस्थापनका लागि १० लाख रकम निकासा गरेको हो । नगरमा रहेका पुराना ‘कान्जी’ हाउस मर्मतका तथा पशु आहाराका लागि सो रकम निकासा गरेको अधिकृत मिश्रले बताए ।
चालु आर्थिक वर्ष २०७७÷०७८ मा छाडा चौपाया व्यावस्थापनाका लागि नगरपालिकाले ३० लाख रकम छुट्याएकोे प्रमुख प्रशासकिय अधिकृत मिश्रको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्