नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा अध्यक्ष र महामन्त्रीद्वारा शुभकामना



न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना संक्रमण र लकडाउनका कारण नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसका अवसरमा रेडक्रस अभियानमा आबद्ध सम्पूर्ण कार्यकर्ता, स्वयंसेवक तथा आम नेपाली समुदायमा रेडक्रसका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना र महामन्त्री पीताम्वर अर्यालद्धारा संयुक्त रुपमा शुभकामना सन्देश जारी गर्नुभयो ।

रेडक्रस अभियानका जन्मदाता जँ हेनरी ड्यूनाले सल्फेरिनोमा भएको युद्धबाट पीडित सैनिक र गैरसैनिक घाइतेहरूको विना भेदभाव गर्नुभएको उद्धार र सेवाको परिणामस्वरूप सन् १८६३ मा यस मानवीय संस्थाको स्थापना गरी विश्वव्यापी गराउनु भएकोमा उहाँको योगदानप्रति हार्दिक आभार प्रकट गरी सम्मान गर्नु हामी सबैको कर्तव्य हुनेछ ।

सन्देशमा भनिएको छ-‘विश्वमा रेडक्रस अभियान स्थापना भएको एक सय वर्षपछि मात्र सन् १९६३ अर्थात् वि.सं. २०२० भाद्र १९ गते आजकै दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियोे । नेपालमा यसको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्ने तत्कालीन सरकार तथा सबै समाजसेवी व्यक्तित्वहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । यस अवधिमा नेपाल रेडक्रसको संगठनात्मक सुदृढीकरण र सेवा कार्यक्रमको विकास र विस्तारमा योगदान गर्नुहुने सबै अग्रज रेडक्रसकर्मीहरू, नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू सञ्चार जगत र नेपाली समुदायबाट प्राप्त विश्वास र सहयोगको पनि हामी उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छौं ।’

हालैको मौसमी बाढी पहिरो र कोभिड–१९ को कारण देशका विभिन्न स्थानमा लकडाउन, निषेधाज्ञाजस्ता प्रतिकुलताको वावजुद दुःखमा रहेका जनसमुदाय समक्ष पुगी रेडक्रसकर्मी तथा स्वयंसेवकहरूले पु¥याउनु भएको सेवाको हामी उच्च प्रशंसा गर्दछौँ ।

यस संस्थाले ५८ औ स्थापना दिबस मनाइरहेको यस अवधिमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धिहरूको रक्षा गर्दै आगामी दिनमा अझ महत्वपूर्ण लक्ष्यहरूको प्राप्तिका निमित्त गर्नुपर्ने कर्तव्यबोधलाई स्मरण गर्नु पनि आवश्यक भएको छ । विगतमा नेपाल रेडक्रस सोसाइटीबाट विपद्, द्वन्द्व र आन्तरिक संघर्षको समयमा गरेको सेवा र समुदायमा सञ्चालित मानवीय सेवासँग सम्बन्धित गतिविधिहरू आम नेपालीहरू समक्ष स्पष्ट नै छन् भन्ने हाम्रो विश्वास रहेको छ ।

हाल नेपाल रेडक्रसका १ हजा ५ सय ३७ उपशाखा, ७७ जिल्ला शाखा, सातवटा प्रदेश समिति र एक केन्द्रीय समिति रहेका छन् भने ४ हजार ५ सय ३ जुनियर सर्कल, समुदाय र उच्च शिक्षालयमा समेत गरी १ हजार ७ सय ५२ युवा सर्कल गरी आठ हजारभन्दा बढी निकायहरूमा २ लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू मूलतः उपशाखा तथा जिल्ला शाखामा र ८ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू संस्थामा आवद्ध रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवालगायत चार वटा क्षेत्रीय, २२ वटा जिल्लास्तरीय र ४७ जिल्लामा आकस्मिक रक्तसञ्चार सेवाका साथै ६९ जिल्लाका २ सय ४७ वटा स्थानबाट एम्बुलेन्स सेवा सञ्चालन गर्दे आएको छ ।

स्वयंसेवक व्यवस्थापन र विकास, विपद् पूर्वतयारी र प्रतिकार्य, प्राथमिक उपचार, पारिवारिक सम्पर्क पुनःस्थापना सेवा, सिद्धान्त तथा मानवीय मूल्य प्रवद्र्धन, आपत्कालीन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य, स्वास्थ्य प्रबर्धन, शवहरूको मर्यादित व्यवस्थापनजस्ता गतिविधिहरू नेरेसोका नियमित गतिविधिहरू हुन् । यसका अलावा संकटासन्न मानिसहरूको सहयोगको लागि विपद् जोखिम न्यूनीकरण, सामुदायिक बिकास, सामुदायिक उत्थानशीलता, खानेपानी, सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन सहयोग, महामारी नियन्त्रण र प्रतिकार्य, संरक्षण लंैंगिकता र समावेशिता, युवा विनिमयजस्ता क्षमता विकास र परियोजनामूलक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ ।

संगठनात्मक गतिविधिमार्पmत् बर्षेनी २५ लाख मानिसहरूले सेवा पाइरहेका छन । रेडक्रसका सात आधारभूत सिद्धान्तहरूः मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकताको अधीनमा रही मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगी एवं स्वायत्त संस्थाको रूपमा यसले आफ्ना गतिविधिहरू सञ्चालन गर्नुपर्छ, यो सर्वस्वीकृत मान्यता हो ।

नेपाल रेडक्रस सोसाईटीको गौरवमय इतिहास हँुदाहुदै पनि वर्तमान कालखण्डमा संस्था संक्रमणकालिन र अप्ठ्यारो अवस्थामा रहेको वेलामा यो तदर्थ समितिले जिम्मेवारी लिएको कुरा यहाँहरु सवैलाई विदितै छ । नेपाल सरकारले केन्द्रीय तदर्थ समितिलाई दिएको जिम्मेवारी पूरा गर्न र संस्थाका गतिविधिमा पारदर्शिता, जवाफदेहिता, सहभागिता, समावेशीकरण र स्वयंसेवी भावना तथा व्यवहारलाई सुनिश्चित गर्दै संस्थाको सुशासन र लोकतान्त्रिक आचरणलाई प्रवद्र्धन गर्न रेडक्रसकर्मी र आम जनसमुदाय समक्ष हामी प्रतिबद्धता जाहेर गर्दछौँ । साथै, ‘सबैको रेडक्रस, सिद्धान्तनिष्ठ सञ्जाल’ भन्ने रेडक्रसकर्मीहरू र आम जनसमुदायको सदिच्छा पूरा गर्नेतर्फ चालिने कदमहरूमा सबैको सदभाव, साथ र सहयोगको अपेक्षा हामीले गरेका छौ ।

कोभिड–१९ का साथसाथै बाढी पहिरो अहिलेको विषम परिस्थितिलाई ख्याल गर्दै केन्द्रीय तदर्थ कार्यसमितिले भर्चुअल माध्यमबाट सबै प्रदेश, जिल्ला समितिहरूसँग परामर्श गर्दै बर्तमान रणनैतिक प्राथमिकताका कार्यहरू अघि बढाइरहेको छ । यसै सन्दर्भमा नेपाल रेडक्रसको बर्तमान अवस्था र अबका प्राथमिकतामा स्पष्ट जानकारी गराउन स्वेतपत्र जारी गर्ने कार्यक्रम पनि रहेको छ । नौ वटा विभिन्न कार्यदलले गरेको अध्ययनको आधारमा वैधानिक विषयहरू, निर्वाचन र सांगठनिक शुद्धीकरण तथा सुदृढीकरणका विषयहरूमा समय तालिकासहित कार्ययोजना पनि शिघ्र सार्वजनिक गरिनेछ ।

संस्थाको वैधानिकता कायम गर्न दर्ता नवीकरण, मौजुदा विधानमा सुधार, रेडक्रस कानुन निर्माण तथा वैधानिक निर्वाचनलाई हामीले उच्च प्राथमिकता दिएका छौँ । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट साथ र समर्थन प्राप्त हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।

आजको दिनले हामीलाई रेडक्रसका विभिन्न निकायमा रहेका स्वयंसेवकहरुमा एकता बढाउँदै सेवा आवश्यकता रहेका मानिसहरु समक्ष अझ दक्षता र प्रभावकारी तरिकाले पुग्न प्रेरित गर्नेछ । साथै हाम्रा आचारणमा सदाचार र निश्पक्षता, व्यवहारमा पारदर्शिता र सहभागिता र शासन पद्धतिमा जवाफदेहिता सुनिश्चित गर्दै सुशासनको प्रत्याभूति दिन हामीलाई थप हौसला प्रदान गर्नेछ । नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्न तथा समुदायको अपेक्षालाई सम्बोधन गर्न प्रेरित गर्नेछ । नेपाल रेडक्रस सोसाईटीको ५८औं स्थापना दिवसका सन्दर्भमा विश्वव्यापी महामारी कोभिड १९ का विरुद्ध अग्र पंक्तिमा रहेर सेवारत रेडक्रसकर्मी, स्वयंसेवक र कर्मचारीहरु प्रति हामी उच्च सम्मान अर्पण गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्