प्रहरी कार्यालयमा मोटसाइकलको खात, पहिचान गरी लैजान आग्रह



न्युज अफ नेपाल, हेटौंडा।

वडा प्रहरी कार्यालय हेटौंडाको वडा एरियामा नियमित ड्युटी गर्ने क्रममा विभिन्न मितिमा विभिन्न स्थानमा सवारी चेक गर्दा कागजपत्र नभएका मोटरसाइकल र विभिन्न दुर्घटना गराएर चालक फरार भएका मोटरसाइकलको सूची सार्वजनिक गरिएको छ ।

ती मोटरसाइकलको सवारी दर्ता किताब (बिलबुक) सहित आआफ्ना सवारीसाधन पहिचान गरी लैजान प्रहरीले अनुरोध गरेको छ । वडा प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय पशुपतिनगरमा नियन्त्रणमा रहेका मोटरसाइकलमा को. ४ प ८५४४, ना. १० प ६०२६, ना. १० प १२६९, बा. ३८ प ६९१४, ना. ८ प ४५४५ र बा. ३ प २९१ छन् ।

ना. ४ प ४८६८, बा. १६ प ९००६, बा. २७ प २५७२, बा. २९ प ५७०८, ना. २ प ६८८९, बा. ३१ प ७३४३, ना. २० प ९७५८ र ना. ३६ प ९४४ नम्बरका मोटरसाइकल पनि प्रहरी कार्यालयमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बा. ७२ प ५४५१, बा. ८० प ३२६५, बा. १० प ९८०६ हिरो होण्डा स्प्लेण्डर, ना. १५ प २१०० युनिकर्न, ना. ३६ प २२९, ना. २७ प ८४२९ पल्सर र ग. ९ प ४२६८ नम्बरका माटरसाइकल पनि प्रहरी कार्यालयमा सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्