कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साताव्यापी सचेतना अभियान शुरु



काठमाडौं ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताव्यापी सचेतना अभियान शुरु गरेको छ ।

प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकामा भीड हुने स्थानहरुमा सचेतना अभियान सञ्चालन गरिएको र ती स्थानहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए । नअपनाएको अवलोकन गर्ने र नगरेको पाइएमा जानकारी दिइने बताउनुभयो । उहाँले मास्क लगाए ।

नलगाएको अवलोकन गरि नलगाएकाहरुलाई निशुल्क मास्क विरतण गर्ने, माइकिङ गर्ने बताउदै एक सातासम्म अभियानको प्रभावकारीता हेर्ने र सोही अनुसार अघि बढ्ने बताउनुभयो ।

अभियानको लागि हिसानले १० वटा बस उपलव्ध गराएको छ । बानेश्वर, कोटेश्वर, नयाँ बसपार्क, बल्खु, चावहिल,रत्नपार्क, मैतीदेवी, पाटन, लगनखेल, ग्वार्को , सातदोबाटो र भक्तपुरमा गई सचेतना कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्