प्रहरी प्रधान कार्यालय नक्साल नजिकै आगलागी



न्युज अफ नेपाल, काठमाडाैँ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंको नक्साल नजिकैकाे पाेलमा शनिबार बिहान तार सर्ट भएर आगलागी भएको छ ।

बिहान ११ बजेर ३० मिनेटमा नजिकै रहेको पोलमा राखिएको अव्यवस्थित तार सर्ट भएर आगलागी भएको हो । पोलमा धेरै अव्यवस्थित तार भएपछि आफैंमा सर्ट भएर आगो लागेको प्रहरी अनुमान छ ।

कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको काठमाडौं प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगमा नियन्त्रण आएको थियो ।

उपत्यकाका अधिकांश पोलमा अव्यवस्थित तार झुण्डिएको देख्न सकिन्छ । तर, सम्बन्धित निकायको मौनताले उपत्यका नै जोखिम रहेको प्रहरीको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्