शिर मेमोरियल अस्पताल बनेपामा कार्यरत कर्मचारी र विरामी गरी १७ संक्रमित



????????????????????????????????????

मोतीराम तिमल्सिना, काभ्रे ।

अस्पतालहरुमा संक्रमण देखिने क्रम दिनदिनै बढिरहेको छ । जिल्लामा रहेको धुलिखेल, स्पाईनल इन्जुरी अस्पताल पनि शिर मेमोरियल अस्पताललमा कार्यरत कर्मचारी, विरामी र विरामीको कुरुवाहरुमा संक्रमण देखिएको छ ।

शुक्रबार साँझ प्रादेशिक ल्याब धुलिखेलमा गरिएको परिक्षणमा बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारी, विरामी र विरामीका कुरुवाहरुमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार जिल्लामा संक्रमण हुनेहरुको संख्या ३ सय १६ पुगेको छ । शुक्रबार मात्रै २२ जना संक्रमितहरु थपिएका छन् ।

अस्पतालमा रहेका कर्मचारीहरु र विरामीहरुलाई संक्रमण देखिए सँगै अस्पतालले सुरक्षा सतर्ककता अपनाएको बताएको छ । शिर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारीहरुमा यस अघि पनि संक्रमण देखिएको थियो । विरामीको सम्पर्कमा आएका ब्यक्तिहरुको पनि परिक्षण गर्ने कार्य भईरहेको छ । एक कर्मचारीको परिवारमा ७ जनामा संक्रमण देखिएको छ । कर्मचारीमा भदौ १२ गते संक्रमण देखिएको थियो ।

यस अघि जिल्लाको स्पाईनल इन्जुरी अस्पताल भैसेपाटीमा १ सय ४ जना संक्रमित भएका थिए । धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र विरामी गरी ५० भन्दा धेरै संक्रमित भएका छन् । संक्रमणको संख्या सम्पर्कमा आएका ब्यक्तिहरुका कारण बढिरहेको छ । जिल्लामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, कानुन ब्यवसायी, बैदेशिक रोजगारबाट फर्किएका, विरामीहरु र सर्वसाधारण संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्