क्वारेन्टाइन र आइसोलेशनमा बसेकालाई स्वास्थ्य सामाग्री प्रदान गर्दै रेडक्रस दिवस मनाईयो



बासुदेव शर्मा, जाजरकोट । 

नेपाल रेडक्रसको स्थापना दिवसका अवसरमा जाजरकोट सदरमुकाम खलंगाको थाप्लेचौरमा क्वारेन्टाईन र आइसोलेशनमा बसेका सर्वसाधारणलाई स्वास्थ्य सामाग्री तथा फलफुल वितरण गरिएको छ ।

५७बर्ष अगाडी रेडक्रस स्थापना भएको दिनको सम्झना गर्दै सरसफाईमा प्रयोग हुने सामाग्री र फलफुल वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी स्थापना भएको दिनको सम्झना गर्दै रेडक्रस जाजरकोटले सदरमुकाम खलंगाको त्रिभुवन माध्यामिक विद्यालय, भेरी ज्ञानोदय क्याम्पस, जाजरकोट अस्पतालमा निर्माण गरिएका क्वारेन्टाईन र आइसोलेशनमा रहेका ४३ जनालाई शुक्रवार व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामाग्री लगाएत फलफुल वितरण गरेको छ ।

नेपाल रेडक्रस जाजरकोट सोसाईटी जिल्ला शाखाका सभापति हरि बहादुर वस्नेतले क्वारेन्टाईनमा रहेका २१ र आइसोलेशनमा रहेका २२ जनालाई प्रति व्यक्ति २ हाजर ९ सयका दरले स्वास्थ्य सामाग्री र फलफुल वितरण गरेको वताउनु भयो । भाद्र १९ गते मनाईने रेडक्रस दिवसको अवसरमा रचनात्मक तथा सेवामुलक गतिविधिहरु गर्ने क्रममा यस वर्ष क्वारेन्टाईन र आइसोलेशनमा रहेकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको वताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटीका पुर्व सभापति एवम केन्द्रिय सदस्य सनत कुमार कार्की, भेरी नगरपालिका ३ का वडा अध्यक्ष लिला बहादुर शाह लगाएत रेडक्रमकर्मीहरुको उपस्थितिमा रुमाल, सावुन मन्जन, ब्रस, मास्क, नङकट, झोला लगाएतका सामाग्री वितरण गरेको नेपाल रेडक्रस जाजरकोटका सभापति हरि बहादुर वस्नेतले वताउनु भयो ।

महामारी,प्रकोप लगाएत दुखमा परेको नागरिकहरुलाई साथ दिनेभएकोले जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारा जनताको लोकप्रिय वन्दै गएको सभापति वस्नेतले भन्नु भयो । स्वास्थ्य सामाग्री वितरण गर्न गएका रेडक्रसकर्मी, वडा अध्यक्ष लिला बहादुर शाह समक्ष त्रिभुवन माध्यामिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा खानेपानीको निकै समस्या भएको गुनासो गरेका थिए । वडा अध्यक्ष लिला बहादुर शाहले खानेपााी समस्या एक दिन भित्र समाधान गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्