धादिङमा १३ जनामा काेराेना संक्रमण पुष्टि



न्युज अफ नेपाल, धादिङ ।

धादिङका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ९ जना, धुनीबेसी नगरपालिकाका १ जना, बेनीघाट रोराङ गाउँपालिकाका १ जना, गजुरी गाउँपालिकाका १ जना र गंगाजमुनामा १ जना गरि १३ जना रहेका छन् ।

जसमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १२, १६, १६, १७ वर्षिय बालक, २३, २४ र २७ वर्षिय पुरुष, ३४ र ३७ वर्षिय महिला, बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

यस्तै धुनीबेशी नगरपालिका वडा नं ८ का ४९ वर्षिय पुरुष,गंगाजमुना गाउँपालिका वडा नं ७ का ३१ वर्षिय पुरुष र बिहिबार गजुरीमा मृत्यु भएका रसुवाको ३१ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्