रुपन्देहीमा मोटरसाईकल दुर्घटना हुदाँ १ को मृत्यु



यमलाल भुसा, बुटवल ।

रूपन्देहीको गैडहगवा गाँउपालिका वडा नम्बर ५ तेलण्डिया स्थित लुम्बिनी कलौनीको भित्री सड्कमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।

रूपन्देही शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोटरसाईकिल चालक समुजराम केवटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मोटरसाईकलको पछाडी सवार सोही स्थान वस्ने वर्ष ३५ कि गुडिया केवट घाईते भई भिम अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक खडक बहादुर खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्