अभिताभले किनेको सवारीलाई सञ्जालमा प्रदर्शन गरेको भन्दै विरोध



काठमाडाैँ ।
बलिउडका महानायक अमिताभ बच्चन विलासी कार खरिद गरेका छन् । उनले हालै खरिद गरेको नयाँ विलासी गाडीमा मर्सिडीज एस–क्लास नामको कार रहेको छ ।

जसको अहिले जताततै चर्चा भइरहेको छ । अभिताभले किनेको सवारीलाई लिएर सामाजिक सञ्जालमा चर्चा र अलोचना जारी भएको छ । भाइरल भएको फोटोमा अमिताभ बच्चन कारसहित पोज दिइरहेको देखिन्छन् । केहि हप्ता अगाडी कोरोना संक्रमणलाई जितेका उनले नयाँ कार खरिद गरेका हुन् ।

कोरोना महामारीमा के ‘के देखावटी गरिरहनुभएको हो भन्दै कमेन्ट गर्दाहरुले भनिरहेका छन् । हालै लन्च भएको यस कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । कोरोना महामारीले भारतमा दैनिक धेरै मानिसहरु संक्रमित भइरहेको र मृत्युको दर धेरै रहेको छ ।

उद्योग कलकारखानाहरु प्रभावित भइरहेका छन् । मानिसहरुको दैनिकी निकै कष्टकर बनेको छ । कतिपयले खाना खान नपाउने अवस्थामा भारतीय अभिनेता अमिताभले नयाँ बिलासी गाडी किनेको र सामाजिक सञ्जालमा प्रदर्शन गरेको भन्दै मानिसहरुले विरोध गरिरहेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्