धर्म –सस्कृति र परम्परा विरुद्ध सरकार नियोजित रुपमा लागेको छ –के.स. भण्डारी



काठमाण्डौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सरकार धर्म सस्कृति र परम्परा विरुद्ध नियोजित रुपमा लागि परेको बताएका छन् ।

साथैे धर्म सस्कृति र परम्पराको सम्वेदनशिलतालाई सरकारले बुझ्न नसक्दा बिहिबार ललितपुरमा रथ तान्ने क्रममा दुःखद घटना हुन पुगेको के.स.भण्डारीको भनाई रहेको छ । सरकारको प्रत्येक कदमले कम्युनिष्ट चरित्रको वास्तविकता उजागर गरेको समेत के.स . भण्डारीको ठहर रहेको छ ।

अहिलेको स्वास्थ्य समस्याबाट सुरक्षित पनि रहने र मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन के.स. भण्डारीले आग्रह गरेका छन् ।

के.स.भण्डारीद्धारा जारी विज्ञप्ती

मितिः–२०७७ भाद्र १९
धर्म संस्कृति मास्ने कम्युनिष्ट सरकारको दुष्कर्म !

नेपालीको शताब्दियांै देखि चलि आएको परम्परा, सभ्यता तथा विश्व संस्कृति एवं सम्पदाको धरोहरका रुपमा रहेको रातो मछिन्द्रनाथको रथायात्राको क्रममा सरकारको तर्फबाट देखाइएको गैरजिम्मेवार र र्निशंस व्यवहारको भत्सर्ना गर्ने शब्द नै छैन । मलमास नलाग्दै रथ बुङ्गमति पु¥याउनु पर्ने परम्परा धान्नका लागि बाध्य भएर रथ तान्न गएका श्रद्धालु भक्तजनहरु र प्रहरीबीच भएको झडप आवश्यक थियो वात्यसलाई वुद्धिमत्ता ढंगबाट व्यवस्थापन गर्न सकिन्थ्यो ? के श्रद्धालु भक्तजन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्न वा सरकारको विरोध गर्न जुटेका थिए? सरकारले संस्कृति तथा सम्पदाको संरक्षणमा जुटेका जनताको संवेदनशिलतालाई पूर्णत वेवास्ता गरेर दुईतिहाईको दम्भ प्रस्तुत गर्न खोज्दा त्यस्तो अप्रिय घटना घट्न पुग्यो ।श्रद्धालु भक्तजन र कर्तव्य पालनाको सिलसिलामा खटिएका निर्दोष प्रहरी घाइते हुनु दुःखद कुरा हो । उक्त घटनामा घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामनागर्दै उचित उपचारको प्रबन्ध गर्न सरकारसंग अनुरोध गर्दछु ।रथयात्राको परम्परा एवं सस्कृति नेपाल र नेपालीको सभ्यता,पहिचान र ईतिहासको प्रतिविम्बपनि हो । अहिलेको स्वास्थ्य समस्याबाट सुरक्षित पनि रहने र मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन माग गर्दछु ।
यो सरकारले गठन भएदेखि निरन्तर काठमाडौंको धर्म संस्कृति र परम्पराको विरुद्धमा नियोजित ढंगबाट प्रहार गर्दै आएको छ । गुठी विधेयकको नाममा काठमाडौंको मौलिक परम्परा एवं विशिष्ट सम्पदा माथि प्रहार गर्न खोज्दा उर्लन पुगेको जनलहरका अगाडी सरकार घुँडा टेक्न बाध्य भएको थियो । अहिले सोह्र श्राद्ध सुरु भएको छ । यो पितृहरुको सम्झना, श्रद्धा तथाउनीहरुको आत्माको शान्तिको कामना गर्ने महत्वपूर्ण धार्मिक तथा वैदिक परम्परा हो ।सरकारले सोह्रश्राद्ध सुरक्षित रुपमा गर्नका लागि आवश्यक प्रबन्ध मिलाएर परम्परा जोगाउन सहयोग गर्नुपर्नेमा विभिन्न अवरोध सिर्जना गर्ने वा मायावी रुपमा (भर्चुअल माध्यमबाट) सोह्र श्राद्ध गर्न अपिल गर्नु हाम्रो धर्म, मौलिक परम्परा तथा संस्कारको मर्मलाई आत्मसात गर्न नसक्नु हो ।
वर्तमान सरकारले नेपालको मौलिक परम्परा, धर्म र संस्कृति माथि गर्दै आएको नियोजित प्रहार असह्रय अवस्थामा पुगिसकेको छ । यसले कम्युनिष्ट चरित्रको वास्तविकता उजागर गरेको छ । हाम्रा अमूल्य परम्परा, संस्कृति र सनातन धर्मकाप्रति संवेदनहिन भएर प्रस्तुतहुदै आएको यो सरकारका त्यस्ता गतिविधि प्रति जहिले सुकै जनताको धैर्यको बाध फुटन सक्ने तथ्यप्रति सचेत गराउन चाहन्छु । नेपाल र नेपालीका मौलिक परम्परा, सभ्यता र संस्कारलाई अहिलेको कोरोना भाईरसको वाहनामा ध्वंस गर्ने संकुचित मनसाय सरकारले देखाएकोमा त्यसको भत्र्सना गर्दै आगामी दिनमा जिम्मेवार भएर प्रस्तुत हुन माग गर्दछु ।
शंकर भण्डारी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
एवं
संयोजक, तरुण विभाग

प्रतिक्रिया दिनुहोस्