धादिङमा हत्या गरेपछि झोलामा टाउको बोकेर प्रहरी कार्यालय पुगे एक व्यक्ति



धादिङ । धादिङमा एक व्यक्ति झोलामा मानिसको टाउको बोकेर प्रहरी कार्यालय पुगेका छन् । टाउको काटेर झोलामा हाली प्रहरी कार्यालय पुग्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ का २३ वर्षीय राजु परियार रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

एसपी रेग्मीका अनुसार परियारले आफ्नै गाउँका ६४ वर्षीय सोामबहादुर गुरुङको हत्या गरी टाउको बोकेर प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीसमक्ष आत्मसमर्पण गरेका परियारले खुकुरी प्रहार गरी गुरुङको हत्या गरेको बयान दिएका छन् ।

प्रहरीलाई राजुले दिएको बयानका अनुसार मृतक गुरुङ बिहीबार राति १० बजेतिर उनको घर अगाडि पुगेका थिए । मृत्यु संस्कारको १३ दिने कर्मकाण्डमा सहभागी भएर आएका गुरुङलाई राजुले ‘यति राति कहाँ हिाँडेको ?’ भन्दै सोधेका थिए ।

जवाफमा गुरुङले ‘तिम्री श्रीमती भेट्न’ भनेपछि दुवैजनाबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि राजुले घर भित्रबाट खुकुरी ल्याएर गुरुङको हत्या गरेका बुझिएको छ ।

गुरुङको हत्या गरेपछि राजु बिहीबार राति नै प्रहरी कार्यालयतर्फ लागेका थिए । उनी राति १ बजे जिल्ला प्रहरी कार्यालय धादिङ आइपुगेका थिए ।

प्रहरीले राजुलाई नियन्त्रणमा लिएर घटनास्थलमा पुगी मुचुल्का उठाउने काम गरेको छ । प्रहरीले शवलाई सदरमुकाम धादिङबेसी ल्याएर पोस्टमार्टमका लागि अस्पताल पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्