रिया र सुशान्तको पूर्व कर्मचारीको घरमा एनसीबीद्वारा छापा



काठमाडौं । अभिनेत्री रिया चक्रवर्तीको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ ।

ब्यूरोले सामाजिक सञ्जालमा सुशान्तको मृत्युमा ‘ड्रग्स’ को समेत संलग्नता भएको हुनसक्ने भन्दै छापा मारेको हो ।

केहि दिन अगाडी रियाको ह्वाट्सएप मेसेजमा ‘ड्रग्स’ का बारेमा कुराकानी भएको भेटिएपछि अनुसन्धान गर्न दिल्लीबाट एनसीबीको टोली मुम्बई पुगेको थियो ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका बारेमा रियासँग सिबिआइले समेत अनुसन्धान गरिरहेको छ ।

रियाको घरमा मात्र छापा नमारेर एनसीबीले सुशान्तको पूर्व कर्मचारी सैमअल मिरांडाको घरमा समेत छापा मारेको छ ।

एनसीबीले यस मुद्दासँग ड्रगको संलग्नताको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्