ठूलो परिमाणको लागू औषध बरामत



महेश सिंह, सिरहा लहान ।
सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बाेडर चेक पोस्टले गोपिय सूचनाको अधारमा ठूलो परिमाणको लागू औषध बरामत गरेको छ । भारत बाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई  सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।
पछीलो समय आभेनगर पहरीले कपडा लगायतका लागू औषध सहित बरामत गरेका थिए । उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय सोहित मण्डल लाई लागु औषध सहित  सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।
पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता – ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो । बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्