लमजुङमा १ सय २० जनाले कोरोना जिते



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा कोरोनालाई जितेर उपचारपछि घर फर्कनेको संख्या १ सय २० पुगेको छ । बिहीबार ७ पुरुषले कोरोना भाइरस जितेर घर फर्किएसंगै कोरोनको जित्नेको संख्या १ सय २० पुगेको प्रशासनले जनाएको छ ।

पहिलो पटक कोरोना संक्रमण परीक्षण गर्दा पोजेटिभ आएकाहरुको दोस्रो पटक १० दिन पछाडि जाँच गर्दा पिसिआर रिर्पोट नेगेटिभ आएकालाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको भनाई छ ।

शुक्रबार ३ जना थपिएसंगै लमजुङमा कोरोना संक्रमितको २ सय ४३ पुगेको छ । १ सय २३ जना आइसोलेसनमा रहेका छन् ।

बिहीबार कोरोनालाई जित्नेहरु नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका ३९ बर्षीय, ३८ बर्षीय, ३८ बर्षीय, २७ बर्षीय, ३४ बर्षीय र २४ बर्षीय पुरुष रहेका छन् । र बेसीशहर स्थीत सहरी विकास कार्यालयको भवन सहजीमा आइसोलेसनमा बसेका २२ बर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्