कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेशनमा बेड थप



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा कोरोना संक्रमितको संख्या बढेसँगैे १०० बेड क्षमताको आइसोलेशन थप गरिएको छ । निर्माण गरिएका आइसोलेशन बेड भन्दा कोरोना संक्रमितको सँख्या धेरै हुदाँ व्यवस्थापनमा चुनौति भएकाले आइसोलेशन बेढ थप गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

१०० बेड क्षमताको आइसोलेशन थप गरिएसँगै लमजुङमा २०० वटा बेड क्षमताको आइसोलेशन पुगको छ । जिल्लामा देखिएका संक्रमित महिलाहरुलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ भने पुरुष संक्रमितहरुलाई बेसीशहरकै शहरी विकासको भवन र सुन्दरबजारको नमुना सामुदायिक अस्पताल र थप गरिएको लमजुङ कृषि क्याम्पसको आइसोलेशनमा राखिएको छ ।

लमजुङमा हालसम्म कोरोना संक्रमितको संख्या २४० जना पुगेका छन् भने उपचारपछि कोरोनालाई जितेर घर फर्किनेको संख्या १२० जना पुगेको छ । आइसोलेसनमा १२० जना रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्