१२० जनाकोे पिसिआर रिपोर्ट आउन बाँकी



शिक्षा पन्त, लमजुङ ।

स्वास्थ्य कार्यालय लमजुङमा १ सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

जिल्लमा अहिले सम्म दुई हजार नौ सय १६ जनाको पिसिआर परिक्षणका लागी नमूना स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरिक्षक दीपक बोमजनले बताउनुभयो । हालसम्म दुई हजार सात सय ९६ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएका मध्ये २४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार तीनसय ६८ जनाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय लमजुङका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २४० जना पुगेका छन् भने उपचारपछि कोरोनालाई जितेर घर फर्किनेको संख्या १२० जना पुगेको छ । आइसोलेसनमा १२० जना रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्