अन्नपूर्णमा ५ सय बढी गाँजाका बोट फडानी गरी नष्ट



टंकराज अधिकारी, कास्की ।

कास्कीको अन्नपूर्णमा प्रहरीले गाँजा फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरेको छ ।

बुधवार प्रहरी चौकी नागड़ाड़ाका प्रहरी सहायक निरीक्षक जयलाल बुढाको कमाण्डमा खटिएका ८ जना प्रहरी, स्थानीय युवा क्लब, टोल बिकास संस्था र आमा समूहको सक्रियतामा घर आँगनमा आफै उम्रेका गाँजालाई फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरिएको हो ।

युवाहरु गाँजाको सेबन गरी कुलतमा नफस्नका साथै सेवन पश्चात हुन सक्ने सम्भावित घटनालाई न्यूनिकरण गर्न प्रहरीले गाँजा फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरेको ज़िल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनु भयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाको १ र २ नम्बर वड़ाका करिव ८० घर आँगनमा आफै उम्रेका ५ सय बढ़ी गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।

प्रहरी सदैव जनताको साथमा रहि शान्ति सुरक्षा र न्याय दिने कसम खाएको हुन्छ । बजार गाउँ टोल कुनै पनि ठाउँमा लागु औषध दुर्वेसनी तथा गाँजा चरेस खाएर समाजमा अशान्ति फैलाई कानुन बिपरित काम काम गर्ने जो कोई ब्यक्तिलाई नछोडने उहाँको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्