जंगली बदेलको आक्रमणमा परी दुई घाइते



न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् ।

आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर बसेको जंगली बदेलले ३२ वर्षीय बुहारी दिलमाया ठकुरी र ६६ वर्षीय ससुरा विष्णु बहादुर ठकुरीलाई आक्रमण गरेको थियो ।

बदेलको आक्रमणबाट बुहारी दिलमायाको शरीरका विभिन्न भागमा गंभीर चोट लागेको छ भने ससुरा विष्णुको देव्रे हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बदेलको आक्रमणबाट घाईते ससुरा बुहारी दुवै जनालाई थप उपचारार्थ भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्