करेन्ट लागेर एक युवकको मृत्यु



न्युज अफ नेपाल, नवलपरासी ।

पूर्वी नवलपरासीमा बुधबार दिउसो करेन्ट लागेर स्थानीय एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका ९ निवासी ४० वर्षीय लक्ष्मी प्रसाद महतो रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।

कावासोतीको विपी चोक स्थित सगरमाथा फेन्सी पसल पछाडी टिनको छाना हाल्ने क्रममा घर नजिकै रहेको विद्युतीय तारमा फलामे पाईपले छुदा महतोलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर गंभीर घाईते भएका महतोलाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नजिकैको नवलपुर अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

युवकको शवलाई पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता मोहन बहादुर खांणले बताउनु भयो ।

पूर्व प्रगतिनगर देखि सदरमुकाम कावासोती तर्फ ल्याइएको ३३ केभी विद्युतीय लाईन नजिक रहेका घरहरुमा करेन्ट लागेर मानिसको ज्यान जाने घटना दोहोरिने गरेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्