घरायसी कुरामा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या



धर्मेन्द्र बि.सी, अछाम ।

अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देबी कुँवरको आज दिउसो १२ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी बिवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । घटनाको अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्