शाहरुखले इन्सटाग्रामको एक पोस्ट बापत लिन्छन् एक करोड रुपैयाँ



एजेन्सी ।

युवामाझ चर्चा बटुल्न सफल भएको सामाजिक सञ्जाल इन्स्टाग्राममा बलिउड कलाकारका करोडौँको संख्यामा फलोअर्स हुन्छन् । धेरै जसो कलाकारले आफ्नो इन्स्टाग्राम मार्फत विभिन्न ब्रान्डको विज्ञापन समेत सार्वजनिक गरिरहेका हुन्छन् ।

यस्तै, बलिउडका चर्चित अभिनेता शाहरुख खानले पनि बेला मौकामा आफ्नो इन्स्टाग्राम हकाउन्टबाट विभिन्न ब्रान्डको प्रचार गरिरहेका हुन्छन् । विभिन्न भारतीय मिडियामा उल्लेख भए अनुसार शाहरुखले आफ्नो अकाउन्टमा एउटा ब्रान्डको प्रचार गरे बापत ८० लाख देखि एक करोड रुपैयाँसम्म लिने गरेका छन् ।

आफ्नो अभिनयबाट भारतमा मात्र नभई विश्वभर चर्चा बटुल्न सफल उनका करौडौँ फ्यान फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्