घाँटी काटिएको अवस्थामा एक युवकको शव भेटियो



न्युज अफ नेपाल, झापा ।

झापामा घाँटी काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।

शिवसताक्षी नगरपालिकामा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको घाँटी काटिएको शव भेटिएको हो । मृतकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

मगर केही महिना अघि मात्र बहराइनबाट फर्किएका थिए । मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका मगर बेपत्ता भएका थिए । घटनास्थलबाट एउटा मोटरसाइकल बरामद भएको प्रहरीले बतायो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्