लक्ष्मी बैंकद्वारा बनेपालाई भिटिएम सहयोग



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड–१९ संक्रमण न्युनिकरणका लागि गरिने पिसिआर परीक्षण गर्ने प्रयोजनका लागि स्वाव संकलन गर्न भिटिएम अत्यावश्यक मेडीकल सामग्री लक्ष्मी बैक बनेपा शाखाले बनेपा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

बनेपा नगरपालिका क्षेत्र भित्र स्वाव संकलन गर्न नगरपालिका स्वयमले भिटिएम खरिद गरी सेवा प्रदान गरिरहेको अवस्थामा विभिन्न सघ सस्थाहरुको समेत सामाजिक दायित्व रहेको र नगरबासीहरुलाई सुरक्षित गर्ने नगरको दायित्व रहेको नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो । नगरले कोरोना कोभिड नियन्त्रणका लागी विभिन्न कार्यहरु गर्दै आएको नगर प्रमुख बादेले वताउनु भयो । नगरले नगरबासीहरुका लागी ५० बेडको क्वारेन्टाईन, ५० बेडको आईसोलेसन सञ्चालन गरी उपचार गर्दै आएको, कोभिड बिरुद्ध जनचेतना मुलक प्रचार प्रसार, बजार ब्यबस्थित, सक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी कोरना परिक्षणलाई तिब्र परिक्षण गरिएको बताउनु भयो । लक्ष्मी बैंक लि बनेपा शाखाबाट यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको बैकका बागमती प्रदेश प्रमुख उज्वल वैद्यले बताउनु भयो ।

बैकले सामाजिक उत्तर दायित्व अन्र्तगत यो महामारीमा नगरबासीहरुको सुरक्षाका लागी स्वाव संकलनका लागी भिटिएम सहयोग गरेको र आगामी दिनमा समेत निरन्तरता दिने बादेले वताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बैंकका बनेपा शाखाका प्रबन्धक जयन्द्र वादे, सञ्चालक प्रबन्धक पूर्णकुमार मानन्धर, नगरपालिकाका शाखा प्रमुखहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्