ओखलढुंगामा ५ जनालाई कोरोना संक्रमण भएको पुष्टि



लिला सुनुवार, ओखलढुंगा।
ओखलढुंगामा एकजना स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना पुष्टि भएको छ । बुधबार आएको १ सय ४जनाको रिपोर्ट मध्य ५ जनाको रिपोर्टमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्र्रमुख सुमन तिवारीले जानकारी दिनु भयो ।

कोरोना पुष्टि भएकी स्वास्थ्यकर्मी हर्कपुर होल्डीङ सेन्टरको हेल्थडेक्समा कार्यरत रहेको र मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ४ जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य कार्यलय रुम्जाटारले जनाएको छ ।
संक्रमित ४ जना प्रहरीहरु मध्य ३ जना बिराट नगर बाट सरुवा भई ईलाका प्रहरी कार्यलय मानेभञज्याङमा आएको र १ जना ईलाका प्रहरी कार्यलय मानेभञज्याङमा कार्यरत रहेकालाई संक्रमण पुष्टि भएको समेत स्वास्थ्यकार्यलय ओखलढुंगाले जनाएको छ ।

यसै गरि पाचै जना संक्रमितहरुलाई ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारमा रहेको आईसोलेन्समा राखेर उपचार गर्ने तयारी गरि रहेको साहायक प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद भट्टराई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्