अनुश्काको यो पहिरन कति महँगो !



बलिउड नायिका अनुश्का शर्मा र क्रिकेटर विराट कोहलीले हालै आफ्नो परिवारमा आउने नयाँ सदस्यका बारेमा जानकारी दिए। अनुश्का गर्भवती भएको खबरसँगै जुन पहिरनमा उनले गर्भवती भएको जानकारी गराइन्, त्यसको अहिले निकै चर्चा चुलिएको छ।
इन्टरनेटमा प्रयोगकर्ताले अनुश्काको पहिरनका बारेमा किन चर्चा गरिरहेका छन् भने यस्तै किसिमको डटवाला पहिरनमा हार्दिक पांड्याकी पत्नी नताशा पनि देखिएकी थिइन्। यस कारण इन्टरनेट प्रयागकर्ताहरू भनिरहेका छन् कि यो जादुई परिहन हो। जसको सम्बन्ध प्रेग्नेन्सीसँग छ। किनभने यस्तै पहिरनमा देखिएकी नताशा पनि केहीअघि मात्र आमा बनेकी थिइन्।
यसपश्चात् सामाजिक सञ्जालमा यो पहिरनलाई लिएर प्रतिक्रियाको बाढी आएको छ। यसप्रति यसप्रति कयौं मिम पनि सेयर गर्न थालिएको छ। यसका अलावा अनुश्काको यो पहिरन त्यसको मूल्यलाई लिएर चर्चामा छ। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको मूल्यलाई लिएर चर्चा गरेका छन्। अनुश्काले विराटका साथ तस्वीर सेयर गरेर आफू गर्भवती भएको यो पहिरनको मूल्य कति होला? दैनिक जागरणको अनलाइन सेवाले यसको बारेमा समाचार प्रकाशित गरेको छ। यो परिहनमा अनुष्का सुन्दर देखिएकी छिन्। अनुश्काल आफ्नो बेबीबम्प प्रदर्शन गर्दै एक कालो परिहन पहिरिएकी थिइन्। जसमा सेता डट्स थियो। तस्वीरमा अनुश्काले लाबेल निकोलसको पहिरन पहिरिएकी थिइन्। यो अस्ट्रेलियन ब्रान्ड हो। समाचारमा जनाइएअनुसार यसको नेपाली मूल्य करिब ७२ हजार रुपियाँ हुन आउँछ।
अनुश्काले सामाजिक सञ्जाल ह्यान्डलमा तस्वीर सेयर गर्दै लेखेकी थिइन्– ‘हामी चाँडै नै दुईबाट तीन हुनेवाला छौं।’ यो दम्पतीको त्यो तस्वीरमा उनीहरूका फ्यानले लभ रियाक्ट गर्दै उनीहरूलाई शुभकामना दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्