ब्ल्याक प्यान्थर अभिनेता रहेनन्



हलिउडक दिग्गज अभिनेता, निर्माता तथा निर्देशक च्याडविक बोसम्यानको ४३ वर्षको उमेरमा निधन भएको छ। ४ वर्षदेखि क्यान्सरबाट पीडित च्याडविकले क्यालिफोर्नियामा अन्तिम श्वास लिएको एजेन्सीले जनाएको छ।
हलिउडको सुपरहिट फिल्म ब्ल्याक प्यान्थरका अभिनेता च्याडविकको निधनको समयमा पत्नी र परिवारका सदस्य साथै रहेको समाचारमा उल्लेख छ।

उनको निधनपश्चात् परिवारको तर्फबाट उनकै ट्विटर अकाउन्टमार्फत एक आधिकारिक जानकारी गराइएको छ, जसमा लेखिएको छ– ‘असीमित दुःखका साथ हामी च्याडविक बोसम्यानको निधनको पुष्टि गर्दछौं। सन् २०१६ मा उनलाई क्यान्सरको तेस्रो चरण पत्ता लागेको थियो र उपचारका क्रममा क्यान्सर चौथो चरणमा पुग्यो। एक सच्चा फाइटर च्याडविकले आफ्नो खराब स्वास्थ्य स्थितिका बाबजुद धेरै फिल्ममा काम गरे, जसलाई तपाईंहरूले धेरै माया दिनुभयो।’

उनले टेलिभिजन कार्यक्रम पर्सन अन्नोन, लिंकन हाइट्सलगायतबाट पनि प्रसिद्धि कमाएका थिए। उनले ३० वर्षकी गायिका सिमोन लेड्वार्डसँग यही वर्ष मात्र विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्