थुनुवा कक्षबाट जबरजस्ति करणीका एक आरोपी फरार



सञ्जय कार्की, रौतहट ।

एक पछि अर्को अपराधको घटनामा बढिरहेकै बेला रौतहटको प्रहरी हिरासतबाट एक जना थुनुवा सोमबार राती फरार भएका छन । कडा सुरक्षा घेराबीच रहेको अबस्थामा जबरजस्ति करणी मुध्दाका एक आरोपी फरार भएका छन । हिरासतमा एक आरोपीको यातना बाट मृत्यु भएको घटना सेलाउन नपाउदै रौतहट बाट जबरजस्ति करणीका आरोपी गौर नगरापलिका–४ निबासी रोहित कुमार यादब फरार भएका हुन ।

उनी माथि एक १७ बर्षिय किसोरी लाई बलत्कार गरेको आरोप रहेको छ । गत आईतबार पक्राउ परेका यादब लाई प्रहरीले जिल्ला अदालत गौर बाट सोमबार मात्रै म्याद थप गरेको थियो । म्याद थप गरेको दिननै यादब फरार भएका हुन । सदरमुकाम गौर स्थित निर्माण ब्यबसायी संघको हलमा बनाइएको क्वारेन्टाईनमानै रहेको थुनुवा कक्षमा रहेका यादब शौचालय बाट ११ फिट अग्लो कम्पाउण्ड बाट भागेको स्रोतले जनाएको छ ।

तर प्रहरी उपरिक्षक रबीराज खडकाले भने हिरासत बाट कोही पनि नभागेको बताउनु भयो । प्रहरी स्रोतलेनै भन्यो पिसिआर परिक्षणको लागि निर्माण ब्यबसायी संघको भबनमा बनाइएको क्वारेन्टाईनको थुनुवाकक्ष बाट यादब फरार भएका छन ।

गएको भदौ ११ गते मात्रै ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहदा निर्घात कुटपिट र यातना पाएका गरुडा नगरपालिका जिगडिया निबासी बिजय महराको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएपछि दोषि प्रहरी अधिकारी माथि कारबाहीको माग राख्दै दैनिक गरुडामा प्रर्दशन भैरहेको छ ।

५ दिन देखि नाराबाजी सहित उल्लेख्य संख्यामा जुलुस प्रर्दशन भैरहेपनि मृतक महराले न्याय नपाएको प्रर्दशनकारीहरुले बताएका छन । महरा लाई गरुडा नगरपालिका–८ जिगडिया निबासी निरञ्जन रामको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो तर प्रहरीको भनाई लाई सो बस्तिका बासिन्दाले दोषि उम्काउन प्रहरीले निर्दोष लाई पक्राउ गरेको बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्